ललितपुर नगर प्रहरीले गरेका कामहरूकाे बारेमा समेटिएकाे पुस्तक सार्वजनिक

 साउन २४, २०८१ बिहीबार १५:३२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – ललितपुर महानगरपालिकाले ‘तस्वीरमा – नगर प्रहरी’ नामको पुस्तक सार्वजनिक गरेको छ । महानगरले नगर प्रहरीले गरेका कामहरूको बारेमा समेटिएको पुस्तक मेयर चिरीबाबु महर्जनले सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा मेयर महर्जनले ललितपुर महानगरले सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरूमध्ये सम्पदा क्षेत्रको संरक्षणको नीति प्राथमिकताका साथ अघि बढाएको जिकिर गर्नुभयो ।

मेयर महर्जनले सम्पदा संरक्षणमा कुनै सम्झौता नहुने बताउनुभयो । उहाँले ललितपुर महानगर क्षेत्रभित्र रहेका सम्पदाहरूलाई सम्मान गरेर आफूहरू संरक्षणमा जुटेको पनि बताउनुभयो । रातो मत्स्येन्द्रनाथको प्रचारप्रसारका लागि महानगरले यस वर्ष उल्लेख्य काम गरेको पनि ललितपुर महानगरका मेयर महर्जनको भनाइ छ ।

पुस्तकमा ललितपुर महानगर प्रहरीले गरेका कामका तस्वीर र जानकारी समेटिएका छन् । केही समयअघि मात्र ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घरघरमा नगर प्रहरी’ अभियान शुरू गरेको थियो । अभियानअन्तर्गत नगरवासीका समस्या र गुनासो सुन्न नगर प्रहरी स्थानीयवासीको घरघरमै पुग्ने महानगरको भनाइ छ । नगर प्रहरीले महानगरको वातावरण सरसफाइ, फुटपाथ व्वस्थापन, सम्पदा संरक्षण लगायतका काममा उल्लेख्य काम गरेको ललितपुर महानगरपालिकाले बताएको छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया