नेपाल प्रिमियर लिगको लागि ८ मार्की खेलाडी आबद्ध टोली छनौट
भदौ २९, २०८१ शनिबार
काठमाण्डौ – एफए कम्युनिटी शिल्डको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । वेम्बली रङ्गशालामा गएराति भएको खेलमा सिटीले म्यान्चेस्टर युनाइटेडलाई सडन डेथमा ७–६ गोलले हरायो ।
इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधि विजेता टोलीबीच कम्युनिटी शिल्डको उपधिका लागि प्रतिस्पर्धा हुने गर्छ । सिटी प्रिमियर लिग च्याम्पियन र युनाइटेड एफए कप च्याम्पियन टोली हो । खेलमा निर्धारित समय एक–एक गोलको बराबरी भएको थियो ।
८२औं मिनेटमा अलेजान्ड्रो गार्नाचोले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । तर युनाइटेडले यो अग्रता जोगाउन सकेन । ८९औँ मिनेटमा सिटीका बर्नाल्डो सिल्भाले गोल गरे । बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीमा दुबै टोलीबाट ४–४ गाेलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो, जसमा सिटी विजयी भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।