दाङको सिद्धरत्ननाथ माविले कोरियन भाषा विषय पढाउन थाल्याे

 साउन २७, २०८१ आइतबार १५:३७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको श्री सिद्धरत्ननाथ माध्यमिक विद्यालयले कोरियन भाषा विषय पढाउन थालेको छ । इन्स्टिच्युटमा भाषा कक्षा पढेर रोजगारीका लागि ईपीएस परीक्षामा सहभागी हुने विद्यार्थीहरूको चाप बढ्दै गएको बेला सिद्धरत्ननाथ माविले यो वर्षदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय नै पढाउन थालेको हो ।

व्यवस्थापनतर्फ भर्ना भएका विद्यार्थीमध्ये ५५ जनाले अहिले कोरियन भाषाको कक्षा लिइरहेका प्रधानाध्यापक उत्तमकुमार खनालले जानकारी दिनुभयो । कक्षा १२ उत्तीर्ण भएर रोजगारीका लागि कोरिया जानेहरूका लागि मात्रै नभई अहिले पढ्नका लागि पनि कोरिया जान पाउने प्रावधान भएकाले यो विषय पहिलो पटक दाङमा भित्र्याएको प्रधानाध्यापक खनालले बताउनुभयो ।

विद्यालयका अनुसार मावि तहमा अङ्ग्रेजी विषय बाहेक अरू विदेशी भाषाको पढाइ भित्र्याउने सिद्धरत्ननाथ पहिलो विद्यालय बनेको छ । विद्यार्थीहरूमा बढ्दो विदेशको मोह अनि शैक्षिक कार्यक्रममा नयाँ विषय राख्दा उनीहरूलाई आकर्षण गर्न सकिने हुँदा पनि यो वर्षदेखि ऐच्छिक विषयका पमा सय पूर्णाङ्कको कोरियन भाषाको विषय लागू गरेको प्रधानाध्यापक खनालको भनाइ छ ।

कक्षा ११ मा अध्ययनरत घोराही–१० नारायणपुरकी छात्रा आशा केसीले घर नजिकैको विद्यालयमा कोरियन भाषा विषय पनि पढ्न पाउँदा निकै उत्साहित भएको बताउनुभयो ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया