सहकारीमा जम्मा गरेकाे पैसा झिक्न नपाउँदा उपचार अभावमा ज्यान गएकाे भन्दै प्रदर्शन

 साउन २७, २०८१ आइतबार १८:१६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – सहकारी पीडित राजेन्द्र स्थापितको उपचार खर्च नभएर ज्यान गएको भन्दै उहाँको आफन्तले कठमाण्डौमा प्रदर्शन गरेका छन् । सहकारीमा जम्मा गरेको आफ्नै पैसा झिक्न नपाएपछि उपचार अभावमा ज्यान गएको भन्दै स्थापितका आफन्तले आज काठमाण्डौमा प्रदर्शन गरेका हुन् ।

वीर अस्पतालमा मस्तिष्कघातको उपचार गराइरहनुभएका स्थापितको हिजो ज्यान गएको थियाे । उपचारका लागि आवश्यक पाँच लाख रुपैयाँको अभावमा उहाँले ज्यान गुमाउनुपरेको भन्दै आफन्तले उहाँको मृत्युको जिम्मा राज्यले लिनुपर्ने माग गरेका छन् ।

न्युरोडमा रहेको युवा बचत तथा ऋण बहुउद्देश्यीय सहकारीमा स्थापितले एक करोड ३६ लाख रुपैयाँ जम्मा गरे पनि आफ्नै उपचारका लागि पैसा झिक्न नपाएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बताउनुभयो । उहाँका अनुसार अहिले स्थापितको शव वीर अस्पतालमै रहेको छ । आफन्तले नक्कली शव बनाएर विरोध स्वरूप शव यात्रा गरेर सडकमा प्रदर्शन गरेपछि प्रहरीले सहकारीका सञ्चालकविरुद्ध जाहेरी दर्ता गरेको पनि उहाँले जानकारी दिनुभयो ।

स्थापित पछिल्लो एक वर्षभन्दा लामो समयदेखि सहकारीको बचत रकम फिर्ता गर्न माग गर्दै सहकारी पीडितको आन्दोलनमा सहभागी हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया