विद्युत् महसूलको विषयमा बोल्दा सांसद ढकाललाई रोकेपछि संसदमा होहल्ला

 साउन २९, २०८१ मंगलबार १४:१९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइनबापत उठाउनुपर्ने महसूलको विषयमा बोल्दै गर्दा सभामुखले बोल्न रोकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरेको छ ।

रास्वापा सांसद हरि ढकालले आकस्मिक समयमा भ्रष्टाचार र अरू केही विषयमा बोलेपछि उद्योगीबाट उठाउनुपर्ने विद्युत् महसूलबारे कुरा राख्न थाल्नुभएको थियो । तर सभामुख देवराज घिमिरेले भने ढकालले सार्वजनिक यातायातको विषयमा बोल्न समय लिएकाले अरू विषयमा बोल्नु असान्दर्भिक भएको भनेर माइक काटेपछि रास्वपा सांसदहरूले उठेर विरोध जनाएका छन् ।

रास्वपालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले पनि साथ दिएका छन् । सभामुख घिमिरेले रास्वपाका सभापति रवि लामिछानेलाई बोल्न समय दिनुभएको छ । लामिछानेले सांसद हरि ढकालले विद्युत् महसूलको विषय उठाउनेबित्तिकै सभामुखले माइक काटिदिएको भन्दै विरोध जनाउनुभएको छ । त्यसपछि केहीबेर सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदबीच भनाभन भएपछि संसद् बैठक फेरि चलिरहेको छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया