दक्षिण अफ्रिकाका माेर्कल भारतकाे बलिङ प्रशिक्षकमा नियुक्त

 साउन ३०, २०८१ बुधबार १८:३९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – भारतीय पुरुष क्रिकेट टिमको बलिङ प्रशिक्षकमा दक्षिण अफ्रिकाका पूर्व तीव्र गतिका बलर मोर्ने मोर्कल नियुक्त भएका छन् ।

आउँदो सेप्टेम्बर १ तारिखदेखि मोर्कलको सम्झौता शुरू हुने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले बताएका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ ।

मोर्ने मोर्कलले आउँदो सेप्टेम्बर १९ तारिखमा चेन्नईमा शुरू हुने बङ्गलादेशसँगको दुई खेलको टेस्ट र तीन खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि बलिङ प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन् ।

३९ वर्षीय मोर्कल गौतम गम्भीरको नेतृत्वमा भारतीय कोचिङ स्टाफमा सामेल हुनेछन्, यी दुईले यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्समा काम गरेका थिए । गम्भीरले मोर्कललाई बलिङ प्रशिक्षकको पदमा बीसीसीलाई सिफारिश गरेको मानिन्छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया