दिल्लीका मुख्यमन्त्री केजरीवालले राजीनामा दिने, आफूलाई इमान्दा...
भदौ ३०, २०८१ आइतबार
काठमाण्डौ – साफ २० वर्षमुनिको च्याम्पियनसिप प्रतियोगिता हुन तीन दिनमात्रै बाँकी हुँदा पनि खेल हुने मैदानबारे अझै टुङ्गो लागेको छैन । खेल भदौ २ अर्थात् आउँदो आइतवारदेखि दशरथ रङ्गशालामा हुने तय थियो । आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिताको तयारी पूरा भए पनि मैदानको टुङ्गो नलागेको बताएको हो ।
एन्फाले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सुरेश शाहले म्याच कमिसनर आएर निरीक्षण गरेपछि मात्रै प्रतियोगिता हुने स्थानको टुङ्गो लाग्ने बताउनुभएको छ । एएफसी च्यालेन्ज लिगको प्लेअफअन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीच गएको मंगलवार दशरथ रङ्गशालामा भएको खेल भइरहँदा मैदान हिलाम्मे भएपछि चौतर्फी आलोचना भइरहेको छ ।
प्रवक्ता शाहले मैदान हिलाम्मे भएसँगै रङ्गशालामा साफ २० वर्षमुनिको च्याम्पियनसिपका खेल पनि अन्योल बनेको बताउनुभयो । दशरथ रङ्गशालामा खेल भएन भनि विकल्पमा एन्फा कम्प्लेक्स राखिएको प्रवक्ता शाहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । साफ २० वर्षमुनिको च्याम्पियनसिपमा नेपालले बङ्गलादेशसँग भदौ ६ गते खेल्ने छ । च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एशियाका छ टोली सहभागी छन् ।
एएफसी च्यालेन्ज लिगको खेल हेरेपछि म्याच कमिस्नरले वैकल्पिक मैदान खोज्न भनेको र दशरथ रङ्गशालाको विकल्पमा सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स रहेको उहाँको भनाइ छ । गत शुक्रवार दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एशियाली फुटबल महासङ्घ (एएफसी) ले अनुमति दिएको थियो ।
एएफसीले रङ्गशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भने पछि गएको चैतदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
समूह 'ए' मा नेपाल, श्रीलङ्का र बङ्गलादेश समूहमा छन् । समूह 'बी' मा भारत, माल्दिभ्स र भुटान छन् । एन्फाले साफ २० वर्षमुनिको खेलमा सहभागी टिमलाई अभ्यासका लागि भद्रकालीमा रहेको आर्मीको मैदान र लगनखेलको मैदान प्रदान गर्ने प्रवक्ता शाहले जानकारी दिनुभयो । प्रतियोगिताका लागि आज माल्दिभ्सको टोली आइसकेको र बाँकि टिम भोलि नेपाल आउने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।