माओवादी हिँसा कि शसस्त्र युद्ध ? विवाद समाधान नभएपछि प्रतिनिध...
भदौ ३०, २०८१ आइतबार
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले काठमाण्डौ उपत्यकामा डेङ्गी रोकथामका लागि काठमाण्डौ उपत्यकाका पालिकाहरुसँग छलफल गर्नुभएको छ ।
काठमाण्डौ, भक्तपुर तथा ललितपुरमा डेङ्गी सङ्क्रमणका घटना वृद्धि भएर महामारीको रुप लिन सक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न भन्दै मन्त्री पौडेलले महानगर तथा नगरपालिका सदस्य रहेको उपत्यका मेयर्स फोरमसँग छलफल गर्नुभएको हो ।
साउनदेखि फैलिएको डेङ्गी भदौ र असोजमा थप फैलनसक्ने जोखिम रहेको विज्ञहरुको भनाइ उधृत गर्दै मन्त्री पौडेलले यसलाई भयावह बन्न नदिन पालिकाबाट साथ र सहकार्यको उद्देश्य राखेको बताउनुभयो । मन्त्रालयले डेङ्गी जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क राखेर उपचार थालेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।
अब उपचारसँगै फैलन नदिन पहल आवश्यक परेको भन्दै मन्त्री पौडेलले वडा तहसम्म सचेतनाका कार्यक्रम विस्तार गरेर डेङ्गीसँगै हैजासमेत नियन्त्रण गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा सहभागी काठमाण्डौ , भक्तपुर तथा ललितपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्ना तर्फबाट भएका प्रयासहरुको जानकारी गराउँदै डेङ्गी तथा हैजा नियन्त्रणमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।