माइतीघरमा चिकित्सकहरूको प्रदर्शन
बैशाख ११, २०८२ बिहिबार
काठमाण्डाै – लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी रिहा भएका छन् । किर्ते मुद्दामा ३३ वर्षअघिको फैसला कार्यान्वयनका लागि प्रहरीले पक्राउ गर्न खोजेपछि हिजो रुकुम पूर्व जिल्ला अदालतमा पुगेर आत्मसमर्पण गरेका केसी कारागार चलान भए पनि आजै रिहा भएका हुन् ।
केसी फौजदारी अपराध संहिता २०७४ को सुविधाअनुसार एक वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नुनपर्ने प्रावधानअनुसार एक लाख नाै हजार दुई सय रुपैयाँ बुझाएर रिहा भएका हुन् ।
श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो । अदालतले एक वर्ष जेल सजाय र २ हजार रुपैयाँ जरिबाना तोकेको थियो । गएको चुनावमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेश (ख) बाट सांसद निर्वाचित भएका थिए ।
यसैबीच माओवादी निकट सङ्गठनहरूले सांसद केसीको रिहाइको विरोधमा रुकुम पूर्व अदालतको अगाडि प्रदर्शन गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।