म्याग्दीको पात्ले गाउँमा विद्युतीय सेवा विस्तार
असोज २८, २०८१ सोमबार
काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको आजको पहिलो खेलमा आर्मी र पुलिसले १–१ गोलको बराबरी खल्दै अङ्क बाँडेका हुन् ।
आर्मीका लागि अमृता जैशी र पुलिसकी अमिशा कार्कीले एक–एक गोल गरे । आजको बराबरीसँगै पुलिस पाँच खेलमा ११ अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । समान खेलमा आर्मी १० अङ्कसहित तेश्रो स्थानमा छ ।
आजै हुने दोस्रो खेलमा सङ्कटा क्लब र कोशी प्रदेश दिउँसो साढे ३ बजे खेल्दैछन् । चार खेलमा नौ अङ्क रहेको कोशी चौथो र सङ्कटा समान चार खेलमा चार अङ्कका साथ सातौँ स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० टोली सहभागी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।