ललितपुरको कुपण्डोलमा भासिएको सडक मर्मतपछि गाडी चल्न थाले

 भदौ ३०, २०८१ आइतबार १२:३१:८ | रासस
unn.prixa.net

तस्बिर : रासस

ललितपुर – ललितपुरको कुपण्डोलमा हिजो दिउँसो भासिएको सडक आज बिहान मर्मत गरिएको छ । सडक मर्मतपछि बिहान ९ बजेदेखि गाडी सहजरूपमा चल्न थालेका छन् ।

प्रारम्भिक अनुमानअनुसार मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको हो । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप तथा सडक डिभिजन कार्यालयले सडक मर्मत गरेको हो ।

माटो र क्रङ्क्रिट हालेर सडक मर्मत गरिएको तर कालोपत्र गर्न समय लाग्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डेले बताउनुभयो ।

अन्तिम अपडेट: असोज २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया