सुन्तला छाडेर मौरीपालन, वार्षिक ३५ लाख रुपैयाँ आम्दानी
कात्तिक १८, २०८१ आइतबार
भारतले बङ्गलादेशसँगको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ । दोश्रो टी–२० मा घरेलु टोली भारतले बङ्गलादेशलाई ८६ रनले हरायो । भारतले दिएको दुई सय २२ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले बीचमा पानी परेपछि नौ विकेट गुमाएर एक सय ३५ रन मात्र बनाउन सक्यो ।
बङ्गलादेशका महोम्मद मोबुदुल्लाहले सर्वाधिक ४१ रन बनाए । भारतका नितिश कुमार रेड्डी र मिथुन चक्रवर्तीले समान दुई विकेट लिए । यसअघि दिल्लीमा टस हारेर पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर दुई सय २१ रन बनाएको थियो ।
भारतका नितिश कुमार रेड्डीले ७४ र रिन्कु सिंहले ५४ रन बनाए । बङ्गलादेशका रिसद हुसेनले तीन विकेट लिए । यसअघिको पहिलो खेलमा भारतले बङ्गलादेशलाई सात विकेटले हराएको थियो । यी दुईबीचको तेश्रो तथा अन्तिम टी–२० खेल पर्सि शनिवार हैदरावादमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।