भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

 असोज २४, २०८१ बिहीबार ७:१:५९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतमा प्रसिद्ध उद्योगपति रतन टाटाको ८६ वर्षको उमेर निधन भएको छ । उहाँको गएराति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारकाक्रममा निधन भएको हो ।

टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति निकालेर रतन टाटाको निधन भएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँको निधनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य विशिष्ठ व्यक्तिलगायतले शोक व्यक्त गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटालाई एक भिजिनरी बिजनेस लिडर र एक असाधारण व्यक्तिका रुपमा सम्झिनुभएको छ । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताउनुभएको छ । उहाँले व्यापार र परोपकारको क्षेत्रमा पहिचान बनाउनुभएको छ ।

भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मानित गरेको छ । रतन टाटाको सन् १९३७ डिसेम्बर २८ तारिखमा जन्म भएको थियो ।

अन्तिम अपडेट: जेठ ८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया