अमेरिकाको फ्लोरिडामा ‘मिल्टन’ आँधीका कारण झन्डै १० लाख मानिस सुरक्षित ठाउँमा सर्दै

 असोज २४, २०८१ बिहीबार १२:१५:१० | एजेन्सी
unn.prixa.net

एजेन्सी

अमेरिकाको फ्लोरिडा राज्यमा विनाशकारी आँधी ‘मिल्टन’ का कारण झन्डै १० लाख मानिसलाई सुरक्षित ठाउँमा जान भनिएको छ । फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको हो । आँधीले बिजुली आपूर्तीमा समस्या भएको छ ।

‘मिल्टन’ आँधी शत्तिशाली रहेको हुँदा यसले ठूलो बाढी र तीब्ररुपमा हावा ल्याउन सक्ने आँकलन गरिएको बीबीसीले जनाएको छ । यो आँधी सय वर्षयताकै खराब हुने अमेरिकाको मौसम विभागले चेतावनी दिएको छ ।

मिल्टन आँधी फ्लोरिडा आइपुग्नुअघि नै ६७ मध्ये ५१ वटा काउन्टीमा आपत्कालीन चेतावनी दिइएको र ती क्षेत्र धेरैजसो खाली भइसकेका खबरमा उल्लेख छ । फ्लोरिडामा दुई हप्ताअघि मात्रै पनि ‘हेलेन’ नामको अर्को आँधीले क्षति गरेको थियो । हेलेन आँधीले अमेरिकाका छ वटा राज्यमा गरेर कम्तीमा दुई सय २५ जनाले ज्यान गुमाएका थिए । 

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया