सुन्तला छाडेर मौरीपालन, वार्षिक ३५ लाख रुपैयाँ आम्दानी
कात्तिक १८, २०८१ आइतबार
काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा आज बङ्गलादेश र वेस्ट इन्डिजबीच खेल हुँदैछ । समूह ‘बी’ का बङ्गलादेश र वेस्ट इन्डिजबीचको खेल शारजाहमा नेपाली समयअनुसार राति पौने ८ बजे शुरू हुनेछ । बङ्गलादेश पहिलो खेलमा स्कटल्यान्डलाई १६ रनले हराउँदा दोस्रो खेलमा इङ्ल्यान्डसँग २१ रनले पराजित भएको थियो ।
वेस्ट इन्डिज पहिलो खेलमा दक्षिण अफ्रिकासँग १० विकेटले पराजित हुँदा दोश्रो खेलमा स्कटल्यान्डलाई छ विकेटले पराजित गरेको थियो । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा गएराति भएको खेलमा भारतले श्रीलङ्कालाई ८२ रनले र दक्षिण अफ्रिकाले स्कटल्यान्डलाई ८० रनले हराएको छ ।
प्रतियोगिताको समूह ’ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।