सुन्तला छाडेर मौरीपालन, वार्षिक ३५ लाख रुपैयाँ आम्दानी
कात्तिक १८, २०८१ आइतबार
लेबनानका प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गर्नुभएको छ । टेलिभिजनमा सम्बोधनमा उहाँले युद्धविरामको एउटा अङ्शका रूपमा इजरायलसँगको सीमामा सेना तैनाथ गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको र यसमा हिजबुल्लाह पनि सहमत भएको बताउनुभयो ।
प्रधानमन्त्री मिकातीले लेबनानको विदेश मन्त्रालयले राष्ट्रसङ्घीय सुरक्षा परिषदलाई ‘पूर्ण र तत्काल युद्धविराम’ को आह्वान गर्ने प्रस्ताव जारी गर्न अनुरोध गर्ने बताउनुभयो । लेबनानको राजधानी बेरुतको मध्यभागमा इजरायलले अस्ति बिहीवार गरेको हवाई आक्रमणमा २२ जनाले ज्यान गुमाएका छन् ।
यो घटनालाई इजरायलले लेबनानमा हिजबुल्लाह समूहविरुद्ध गएको महिना आक्रमण थालेयताकै सबैभन्दा घातक आक्रमण मानिएको बीबीसीले उल्लेख गरेको छ । लेबनानको सरकारका अनुसार चर्कँदो द्वन्द्वका कारण विगत एक वर्षमा १२ लाख मानिसले आफ्नो घर छाडेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।