अब भौतिक संरचना बनाउँदा जलवायु परिवर्तनको असरबारे अध्ययन गर्नु जरुरी

 कात्तिक १५, २०८१ बिहीबार १७:२५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले अब बन्ने भौतिक संरचनाहरुमा जलवायु परिवर्तनले पार्ने असरबारे अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष सिंहले जलवायु परिवर्तनको असरका कारण जलवायुजन्य प्रकोपका घटना बढेकाले त्यसबाट हुने क्षति कम गर्ने गरी भौतिक संरचनाहरु बनाउनुपर्ने बताउनुभयो ।

अहिलेको संरचनाहरु कुनै पूर्वतयारी बिना बनाइएका कारण जोखिम खेपिरहेको भन्दै उहाँले आउँदा दिनमा क्षति नहुनेगरी पुनर्निमाण गर्नुपर्ने बताउनु भयो । उहाँले विपद् पूर्वतयारीको बजेटलाई सहीरुपले प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष सिंहले नदी किनारामा बनेका सडकबाट प्रत्येक वर्ष जोखिम बेहोरिरहेको भन्दै यसको वैकल्पिक मार्गको बारेमा सोच्नुपर्ने बताउनु भयो । उहाँले यसका लागि अनुसन्धानमा पनि राज्यले लगानी गर्नुपर्ने बताउनु भयो । सिंहको वातावरणमैत्री प्रविधि भित्राएर काम गर्नुपर्नेमा पनि जोड रहेको छ । 
 

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया