काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताउनुभएको छ । आजदेखि शुरु भएको नेपाल संवत् ११४५ को अवसरमा आज ललितपुरको पाटनमा भएको कार्यक्रममा उहाँले नेपाल संवत् आयातित संवत् नभई नेपाली मौलिकतामा चलेको संवत् रहेको बताउनुभयो । उहाँले नेपाल मण्डलको संस्कृति मौलिक संस्कृति, नेवार सभ्यता र संस्कृतिसँग जोडिएको भन्दै हाम्रा सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने बताउनुभयो । नेपाल भाषा मङ्का खलः यलको संयोजन, ललितपुर महानगरको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मङ्गलबजारमा सांस्कृतिक कार्यक्रम गरिएको छ । २०५६ मङ्सिर २ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वको तत्कालीन सरकारले नेपाल संवतकाे प्रणेता शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूतिको मान्यता दिएको थियो ।
त्यस्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिँदै सरकारी कामकाजमा प्रयोगमा ल्याउने निर्णय गरी कार्यान्वयनमा ल्याएको थियो । नेपाल संवतकाे अवसरमा आज देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।