काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
कजाकिस्तानमा दुर्लभ मानिने पाँच सय भन्दा धेरै समुद्री सिल मृत भेटिएका छन् । अक्टोबर २४ देखि नोभेम्बर ७ तारिखसम्म पाँच सय ३४ वटा मृत सिललाई तटमा ल्याइएको कजाकिस्तानको मत्स्य पालन समितिले जनाएको छ ।
क्यास्पियन सागर पाँच देश अजरबैजान, इरान, कजाकिस्तान, रुस र तुर्कमेनिस्तानको सिमानामा रहेको एउटा बन्द समुद्र हो । क्यास्पियन सागरमा रहेका समुद्री सिल सागरको किनारमा आएको प्रदूषण वा रोगका कारण खतरामा परेका कजाकिस्तानका अधिकारीहरूले बताएका छन् ।
सडेको अवस्थामा फेला पारेर ती सिललाई नमूना परीक्षणका लागि प्रयोगशालामा लगिएको र मृत्युको वास्तविक कारणसहितको नतिजा आउन चार महिना लाग्नसक्ने अधिकारीहरुलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण सङ्घले पछिल्ला वर्ष सिलहरूको सङ्ख्या घट्दै गएकाले यसलाई खतरामा परेको प्रजातिको सूचीमा राखेको छ । क्यास्पियन सिल विश्वको सबैभन्दा ठूलो अन्तर्देशीय जलाशयमा रहने एकमात्र स्तनधारी प्राणी हुन् ।
यिनीहरुको सङ्ख्या घट्दै जानुले जैविक विविधता र प्राणीहरूमाथि गम्भीर खतरा उत्पन्न हुने देखाएको जीव वैज्ञानिकहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।