काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकामा भर्खरै सम्पन्न चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ठूलो सङ्ख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनाकाे कार्यान्वयन प्रथामिकतामा रहने बताउनुभएको छ । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावपछि दिएको पहिलो अन्तर्वार्तामा ट्रम्पले जुनसुकै मूल्य चुक्ता गर्नुपरे पनि ठूलो मात्रामा निर्वासनको योजना अगाडि बढाउने बताउनुभएको हो ।
एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा उहाँले सीमा बलियो र शक्तिशाली बनाउँदै आप्रवासी फर्काउन पहिलो प्राथमिकता दिने बताउनुभएको हो । चुनावपछि उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग भएका टेलिफोन संवादहरू दुईतर्फी रूपमै सम्मानजनक भएको उहाँले बताउनुभयो ।
यस्तै ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने सङ्केत पनि गर्नुभएको छ । अहिलेसम्म विश्वका झन्डै ७० जना नेतासँग कुराकानी गरिसकेको उल्लेख गर्दै उहाँले पुटिनसँग पनि वार्ताको सम्भावना रहेको बताउनुभएको हो । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग राम्रो संवाद भएको बताउनुभयो ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ट्रम्पलाई बधाई दिनुभएको छ । अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै कतिपयले युक्रेन–रुस युद्ध रोकिन सक्ने बताएका छन् । चुनावी प्रचारप्रसारका क्रममा ट्रम्प आफैँले पनि आफू राष्ट्रपति भए एकदिनमै युद्ध रोक्ने दाबी गर्नुभएको थियो ।
ट्रम्पले आउँदो जनवरी २० तारिखमा दोस्रो कार्यकालका रूपमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुहुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।