अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पको हत्याका लागि इरानमा योजना बनाएको भन्दै मुद्दा दर्ता

 कात्तिक २४, २०८१ शनिबार ९:२०:३४ | एजेन्सी
unn.prixa.net

अमेरिकी सरकारले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको आरोपमा एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । ट्रम्पले राष्ट्रपति पद सम्हाल्नु अघि नै अमेरिकी सरकारले उहाँको हत्या आरोपमा एक जनाविरुद्ध मुद्दा दर्ता गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पको हत्याको योजना इरानमा बनाएको र योजना बनाउने व्यक्ति इरानमा रहेका अफगानी नागरिक ५१ वर्षका फरहाद साकेरी रहेको अमेरिकी सरकारले दर्ता गरेको आरोपमा उल्लेख छ । फरहाद साकेरी पक्राउ परेका छैनन् । उनलाई इरानले संरक्षण गरेको अमेरिकी सरकारको दाबी छ ।

यस अघि ट्रम्पले इरानबाट आफ्नो हत्याको योजना बनाएको बताइरहेका बेला सरकारले पनि त्यसैअनुसार मुद्दा दर्ता गरेको हो । ट्रम्पले यस अघि नै इरानविरुद्ध टिप्पणी गरिरहेको र हत्या आरोपकै मुद्दा दर्ता भएकोले अब अमेरिकाले इरानविरुद्ध कडा कमद चाल्ने सङ्केत रहेको बीबीसीको खबरमा उल्लेख छ ।

मध्यपूर्वमा युद्ध गरिरहेको इजरायलले अमेरिकाको साथ पाएमा इरानमा पूर्णस्तरको युद्ध गर्न सक्ने अनुमानकाबीच ट्रम्पको हत्या प्रयास योजनाको मुद्दाले मध्यपूर्वको समस्या झनै चर्किने सम्भावना बढाएको बीबीसीको खबरमा उल्लेख छ । 
 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया