प्रहरीको लापरबाहीका कारण बस दुर्घटनामा आफन्तको ज्यान गएको भन्दै सुर्खेतमा प्रदर्शन

 कात्तिक २४, २०८१ शनिबार १४:३०:५१ | अमर सुनार
unn.prixa.net

दैलेख – प्रहरीको लापरबाहीका कारण बस दुर्घटनामा आफन्तको ज्यान गएको भन्दै सुर्खेतमा प्रदर्शन भएको छ । सुर्खेत–दैलेख सडकखण्डको बीरेन्द्रनगर नगरपालिका–१४ रातानाग्लामा हिजो बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको थियो भने ३१ जना घाइते छन् । प्रहरीले जाँचमा लापरबाही गरेका कारण दुर्घटना भएको भन्दै मृतक र घाइतेका आफन्तहरुले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले जाँचमा लापरवाही गर्ने प्रहरीलाई कारबाही गनुपर्ने, मृतकका आफन्तलाई उचित क्षतिपूर्ति, घाइतेको निशुल्क उपचार गनुपर्ने लगायतका विभिन्न मागहरू राखेका छन् । क्षमताभन्दा दोब्बर यात्रु बोकेको कारण गाडी दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्रबीर विश्वकर्माले बताउनुभएको छ ।

सुर्खेत–दैलेख सडकको ६५ किलोमीटर दूरीमा ठालुडाँडा, चुप्रा, माथिल्लो डुंगेश्वर, घोडाबास, रानीमत्ता र छेडा समेत हरेक १० किलोमीटरमा छ ठाउँमा प्रहरी इकाईहरु भएर जाँचमा चासो नदिएको कारण दुर्घटना भएको भन्दै पीडित परिवार र आमसर्वसाधारणले प्रहरी–प्रशासनको आलोचना गरेका छन् । 

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया