काठमाण्डाै महानगर कार्यालय नजिकै भासिएको सडककाे निर्माण यसरी हुँदैछ (तस्वीरहरू)

 कात्तिक २५, २०८१ आइतबार १६:४७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे कार्यालय अगाडि कमलादीमा भासिएकाे सडककाे निर्माण शुरू भएकाे छ । गएकाे साउन २४ गते भासिएकाे सडककाे निर्माण साढे २ महिनापछि यही कात्तिक ४ गतेदेखि शुरू भएकाे हाे ।

लगातार पानी परिरहेका बेला गएकाे साउन २४ गते दरबारमार्गको महेन्द्र सालिकबाट काठमाण्डाै प्लाजा निस्कने सडकमा कल्भर्ट भत्किएर भ्वाङ परेको थियो ।

भत्किएकाे सडककाे काम दुई महिनाभित्र सकिने गरी डीबी प्रकाश कन्स्ट्रक्शनसँग गएकाे असाेज १८ गते ठेक्का सम्झाैता भएकाे थियाे । ताेकिएकाे समयभित्रै काम सकिने सडक डिभिजन कार्यालय काठमाण्डाैले दाबी गरेकाे छ ।

पहिले चारैतिर इँटाकाे पर्खाल लगाएर त्यसमाथि स्ल्याब ढलान गरेकोमा अहिले भने बक्स कल्भर्ट बनाउन लागेकाे कार्यालयले जनाएकाे छ । सडक निर्माणका लागि ठेक्का रकम ४९ लाख रुपैयाँ छ ।

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया