नेपाली सफ्टवेयर कम्पनी 'इन्फोडेभलपर्स' लाई जापानमा अन्तर्राष्ट्रिय अवार्ड

 कात्तिक २५, २०८१ आइतबार १५:४०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्राइभेट लिमिटेड जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । एशियन–आसियान कम्युटिङ इन्डस्ट्रिज एसोसिएशन ( असोसियो) को आयोजनामा जापानमा सम्पन्न २०२४ को डिजिटल समिटमा इन्फोडेभलपर्सले  'असोसियो डिजिटल गभर्मेन्ट' अवार्ड पाएको हो ।

असोसियो एशियाका २४ देशका सूचना प्रविधि क्षेत्रका संस्थाहरूको अन्तर्राष्ट्रिय महासङ्घ हो । यस संस्थाले प्रत्येक वर्ष उत्कृष्ट योगदान पुर्‍याउने संस्था, कम्पनी तथा व्यक्तिहरूलाई सम्मान दिँदै आएको छ ।

अवार्ड ग्रहण गर्दै इन्फोडेभलपर्सका संस्थापक उमेश रघुवंशीले यो सम्मानले नेपालका प्रविधि कम्पनीहरूको अन्तर्राष्ट्रिय क्षेत्रमा बढ्दो भूमिकाको सङ्केत गरेको भन्दै सरकारको डिजिटल रूपान्तरण यात्रामा थप प्रभावकारी परियोजनामा सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।

यस वर्षको डिजिटल समिटमा एशिया–प्यासिफिक क्षेत्रका डिजिटल उद्योगका नेतृत्व, नवप्रवर्तक र विशेषज्ञहरूको सहभागिता थियो । सम्मेलन डिजिटल क्षेत्रमा भएका उत्कृष्ट उपलब्धिहरूको सम्मान गर्ने मञ्चको रूपमा स्थापित छ ।

सन् २००२ मा स्थापना भएको इन्फोडेभलपर्स फिनटेक र आईसीटी समाधान प्रदायक कम्पनी हो । कम्पनीले वित्तीय प्रविधि, सफ्टवेयर विकास र आईटी परामर्श सेवामा विशेषज्ञता राख्दै आएको छ । कम्पनीले बैंक तथा वित्तीय संस्था, सरकारी तथा सहकारी क्षेत्रलाई सेवा दिँदै आएको छ । इन्फोडेभलपर्सले दुई सय जनाभन्दा धेरैलाई रोजगारी दिएको छ ।

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया