काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – चलचित्र विकास बोर्डले अभिनेत्री चैत्यदेवी सिंहलाई दीर्घसाधना सम्मान प्रदान गरेको छ । बोर्डले हिजो आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई नगद ३ लाख ७५ हजार रुपैयाँसहित सम्मान गर्नुभएको हो ।
सिंहले नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’बाट अभिनय थाल्नुभएको थियो । यस्तै उत्कृष्ट अभिनेत्रीतर्फ स्वस्तिमा खड्का, उत्कृष्ट अभिनेतातर्फ विपिन कार्की र उत्कृष्ट निर्देशकतर्फ निश्चल बस्नेत घोषित भए ।
यस्तै विशेष योगदान सम्मान प्राविधिक स्वर्गीय सुरेन्द्रमान श्रेष्ठलाई दिइएको छ । कार्यक्रममा उहाँकी पत्नी अनिता तुलाधरले सम्मान लिनुभयो ।
विशेष सम्मान हास्य अभिनेता तैयर शाह, फिल्म प्रदर्शक केशवप्रसाद रायमाझी,अभिनेत्री विद्या कार्की, द्वन्द्व निर्देशक नारायण प्रधान, निर्माता नरेन्द्र महर्जन, नन्दकिशोरप्रसाद श्रीवास्तव, भोजबहादुर गुरुङ, सङ्गीत संयोजक अमुल कार्की ढली, चलचित्र प्रदर्शक ध्रुवकुमार श्रेष्ठ, कलाकार बुद्धि तामाङ, अभिनेत्री सविता गुरुङलाई प्रदान गरिएको छ ।
विशेष चलचित्र पुरस्कार २०८० लक्ष्मण सुवेदीद्वारा निर्मित ‘सतीदेवी’, लिम्बू भाषामा बनेको ‘सुगुप’ र गुरुङ भाषाको ‘मार्कली’ले पाएको छ । उत्कृष्ट फिल्म, उत्कृष्ट लेखन, कथा र पटकथासँगै उत्कृष्ट छायाँकनको पुरस्कार ‘बुलाकी’ले पाएको छ ।
आदिवासी जनजाति मातृभाषीतर्फ उत्कृष्ट फिल्मको सम्मान लिम्बू भाषामा बनेको ‘लोजिमा’ ले पाएको छ । निर्णायक समिति प्रोत्साहन पुरस्कारतर्फ ‘टुल्की’बाट स्वस्तिमा कार्की र ‘जारी’बाट रामबाबु गुरुङले पाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।