‘सम्धी’ लाई फ्रान्सकाे राजदूत बनाउने डाेनाल्ड ट्रम्पकाे निर्णय

 मंसिर १६, २०८१ आइतबार १८:४१:३ | एजेन्सी
unn.prixa.net

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चार्ल्स कुशनरलाई फ्रान्सका लागि राजदूत नियुक्त गर्नुभएकाे छ । चार्ल्स कुशनर ट्रम्पका सम्धी हुनुहुन्छ । ट्रम्पकी छोरी इभान्काले चार्ल्स कुशनरका छोरा जेरेड कुशनरसँग विवाह गर्नुभएको छ ।

सन् २०२० मा डोनाल्ड ट्रम्पले चार्ल्स कुशनरलाई अमेरिकी सरकारले दिएको सजायबाट माफी दिनुभएको थियो । ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ' मा कुशनर एक उत्कृष्ट व्यापारिक नेता र सम्झौताकर्ता भएको बताउँदै उहाँ अमेरिका र यसको हितका लागि बलियो प्रतिनिधि साबित हुने उल्लेख गर्नुभएको छ ।

दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले प्रशासनको महत्त्वपूर्ण पदका लागि आफन्तलाई रोज्नुभएको बीबीसीले जनाएको छ । चार्ल्स कुशनरलाई फ्रान्सका लागि राजदूतका रूपमा घोषणा गर्दै ट्रम्पले उहाँसँग काम गर्न पाउँदा उत्साहित भएको बताउनुभएको छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया