आर्मीलाई ७४ रनमा अलआउट गर्दै पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार
मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकाले दुई चिनियाँ र रुसका धेरैसहित आठ वटा कम्पनीमाथि व्यापार प्रतिबन्ध लगाएको छ ।
अमेरिकी अधिकारीहरूले पहिचान गरेका चीनका कम्पनीहरूमा झेजियाङ युनिभ्यु टेक्नोलोजी पर्दछ । अमेरिकाले यो कम्पनीमाथि उइगुर र अन्य जातीय तथा धार्मिक अल्पसङ्ख्यक समूहहरूको निगरानीजस्ता मानव अधिकार उल्लङ्घनलाई सहयोग गरेको आरोप लगाएको छ ।
यस्तै अमेरिकाले व्यापार प्रतिबन्ध घोषणा गरेको अर्काे चिनियाँ कम्पनीमा बेइजिङ झोङडुन रहेको छ, यो सुरक्षा प्रविधि समूह हो । यो कम्पनीले सार्वजनिक सुरक्षा अधिकारीहरूलाई अधिकार उल्लङ्घन गर्न अनुमति दिने उत्पादनहरू विकास र बिक्री गर्ने गरेको आरोप छ ।
यी व्यवसायहरूलाई अमेरिकाले ‘सन्दर्भ सूची’ मा थपेको र सूचीमा थपिएपछि अमेरिकी कम्पनीहरूले ती कम्पनीहरूलाई निर्यात गर्नुअघि अनुमतिपत्र लिन आवश्यक पर्ने खबरमा उल्लेख छ ।
यस्तै अमेरिकाले व्यापार प्रतिबन्ध लगाएको रुसका दुई वटा कम्पनीले मस्कोलाई अनुहार पहिचान प्रविधि उपलब्ध गराएको आरोप छ । यी कम्पनीको उद्देश्य ‘शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई’ लक्षित गर्नु हो ।
यस्तै अमेरिकाले व्यापार प्रतिबन्ध लगाएको म्यानमारका दुई वटा कम्पनीले म्यानमारको सेनालाई नागरिकविरुद्ध हवाई आक्रमणजस्ता कार्यहरू गर्न अनुमति दिने सामग्रीहरू उपलब्ध गराएको आरोप छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।