खो–खो विश्वकपमा नेपाली पुरुष टाेलीकाे तेस्रो जीत
माघ ३, २०८१ बिहिबार
सिरियाको सङ्क्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गर्नुभएको छ ।
विद्रोही समूहहरूले आउने मार्चसम्म देश सञ्चालनका लागि सङ्क्रमणकालीन सरकार प्रमुखको रूपमा नियुक्त गरेका मोहम्मद अल–बशीरले आफ्नो पहिलो लक्ष्य विदेशमा रहेका लाखौँ सिरियाली शरणार्थीलाई फिर्ता ल्याउनु रहेको बताउनुभएको छ ।
विदेशमा रहेका नागरिकको मानव पुँजी, ज्ञान, सीप र अनुभवले देशलाई आर्थिक रूपमा फस्टाउन सहयोग गर्ने उहाँँको विश्वास रहेको बीबीसीले जनााएको छ ।
प्रधानमन्त्री मोहम्मदले सिरिया अब एक स्वतन्त्र देश भएको र यहाँ पुनर्निर्माणसमेत आवश्यक भएकाले सबै मिलेर एकजुट हुनपर्ने बताउनुभयो ।
इस्लामिक नेतृत्वको विपक्षी गठबन्धनले सिरियाको राजधानी दमास्कसमा पाँच दशक लामो क्रूर शासनको अन्त्य गरेपछि राष्ट्रपति बसर अल असद सिरियाबाट भाग्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।