अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्पले निकाल्नुभन्दा पहिल्यै एफबीआई प्रमुखले जागिर छोड्ने

 मंसिर २७, २०८१ बिहीबार १०:१०:३ | एजेन्सी
unn.prixa.net

अमेरिकी सङ्घीय जाँच व्यूरो एफबीआई प्रमुख क्रिस्टोफर रे ले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निकाल्नु भन्दा पहिल्यै राजीनामा दिने तयारी गर्नुभएको छ । उहाँले जो बाइडेन प्रशासनको समयावधि सकिएसँगै राजीनामा दिने बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पले आफ्नो कार्यकाल शुरु भएपछि ‘रे’ लाई हटाउने बताउँदै आउनुभएको छ । ट्रम्पले यसअघि नै एफबीआईको नेतृत्वका लागि आफ्नो विश्वासपात्र काश पटेलको नाम घोषणा गरिसक्नुभएको छ । क्रिस्टोफर ‘रे’ लाई ट्रम्पले आफ्नो अन्तिम कार्यकाल २०१७ मा १० वर्षका लागि नियुक्त गर्नुभएको थियो । तर ट्रम्प राष्ट्रपति चुनाव हारेपछि एफबीआईले ट्रम्पविरुद्ध अनुसन्धान शुरू गरेको थियो ।

एफबीआई प्रमुखको पद विशुद्ध प्रशासनिक तथा गैरराजनीतिक रहने भएका कारण अझै तीन वर्ष बाँकी छँदै ‘रे’ को राजीनामा आउने कुरालाई अर्थपूर्ण रुपमा हेरिएको छ । ‘रे’ लाई कयौँ सांसदहरुले एक चट्टानी अडान लिने जिम्मेवार अधिकारीका रुपमा लिएका छन् ।

ट्रम्पबारे जाँच गरेको एफबीआईले दुई भिन्दा भिन्दै सङ्घीय मामिला बाहिर ल्याई अदालतमा दर्ता गराएको थियो ।  
 

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया