त्रिभुवन विमानस्थल आउँदाे माघ १५ गतेदेखि दैनिक ८ घण्टा मात्रै बन्द हुने

 मंसिर २७, २०८१ बिहीबार १७:१५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो माघ १५ गतेदेखि दैनिक आठ घण्टा मात्र बन्द हुने भएको छ ।

विमानस्थलको धावनमार्ग र जहाज गुड्ने ट्र्याक अर्थात् ट्याक्सी–वेको विस्तार गर्न गएको कात्तिक २३ गतेदेखि विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द हुँदै आएको थियो । तर आउँदो माघ १५ गतेदेखि राति ११ बजेदेखि बिहान ७ बजेसम्म मात्रै विमानस्थल बन्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

निर्माणको कामले गति लिएको र काम सहज बन्दै गएकोले विमानस्थल खुल्ने समय दैनिक दुई घण्टा थप्न लागिएको क्यानले जनाएको छ । त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुँदा हवाई कम्पनीले उडान कटौती गर्दा भाडा चर्को भएको छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया