धराैटी बुझाएर छुटेलगत्तै दुर्गा प्रसाईं तत्कालै अर्काे मुद्दामा पक्राउ

 मंसिर २७, २०८१ बिहीबार १८:१२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – साइबर अपराध कसूरकाे मुद्दामा धराैटी बुझाएर छुटेलगत्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं अर्काे मुद्दामा फेरि पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले जिल्ला अदालत काठमाण्डाै परिसरबाटै पक्राउ गरेकाे हाे ।

यसअघि आजै जिल्ला अदालत काठमाण्डाैले साइबर अपराध कसूरकाे मुद्दामा पक्राउ परेका प्रसाईंलाई ४० हजार रुपैयाँ धराैटीमा छाड्न आदेश दिएको छ ।

दुर्गा प्रसाईंविरुद्ध सङ्गठित अपराध र आपराधिक लाभ लिन नहुने कसूरमा पनि अनुसन्धान भइरहेकोले उनी फेरि पक्राउ परेका हुन् ।

प्रसाईंमाथि भारतमा मानिस राखेर नेपाली व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा पनि अनुसन्धान भइरहेको छ ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया