राष्ट्रियसभा बैठक भाेलि बस्ने
चैत १३, २०८१ बुधबार
कालीकाेट – कर्णाली प्रदेशको महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको कर्णाली करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले चार अर्ब २३ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । कर्णाली करिडोरको दक्षिण खण्ड कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म सडक स्तरोन्नति गर्न मन्त्रालयले बजेट सुनिश्चित गरेको हो ।
५० किलोमिटर कालोपत्रसहित सडक स्तरोन्नति गर्ने बहुवर्षीय ठेक्कासमेत भइसकेको छ । २०७१ सालमा खुलालुदेखि सल्लीसल्लासम्मको चट्टानसहितको असजिलो भागमध्येको १ सय ९६ किलोमिटर सडकको ट्र्याक खोल्ने काम नेपाली सेनाले गरेको थियो । सेनाले ट्र्याक खोल्ने काम सम्पन्न गरी २०७८ सालको असारमा सडक विभागलाई सडक हस्तान्तरण गरेको थियो ।
नेपाल–भारतको दक्षिणी सीमा क्षेत्र बाँकेको जमुनाहदेखि नेपाल–चीनको उत्तरी सीमा क्षेत्र हुम्लाको हिल्सा जोड्ने कर्णाली करिडोरको कुल लम्बाइ ६ सय ८२ किलोमिटर छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म ४ सय १० किलोमिटर लम्बाइ छ ।
उत्तर–दक्षिणका दुई विशाल छिमेकी देश, भेरी, कर्णाली र सुदूरपश्चिम गरी तीन वटा प्रदेश र १२ वटा जिल्लालाई जोड्ने यो करिडोरले झन्डै २५ लाख जनसङ्ख्यालाई प्रत्यक्ष रूपमा लाभ पुर्याउँछ । कर्णाली करिडोर स्तरोन्नति भएमा नेपालगञ्जबाट उत्तरी सीमा बजार हिल्सासम्म १२ देखि १४ घण्टामा पुग्न सकिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।