सडकमा रहेका शिक्षकलाई तत्काल विद्यालय फर्कने वातावरण बनाउन आग्रह

 वैशाख १०, २०८२ बुधबार ९:३९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आन्दोलनरत शिक्षकलाई तत्काल सडकबाट विद्यालय फर्कने वातावरण बनाउन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले सरकार र नेपाल शिक्षक महासङ्घसमक्ष आग्रह गरेको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले विज्ञप्ती निकालेर आपसी संवाद र वार्तामार्फत समस्याको निकास खोज्न आग्रह गरेको हो ।

महासङ्घका अध्यक्ष गुणराज मुक्तानले निकालेको विज्ञप्तिमा संविधान जारी भएको एक दशक हुँदा पनि ऐन नआएपछि त्यसको माग गर्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भएको सडक आन्दोलनलाई नजरअन्दाज नगर्न अनुरोध गरिएको छ ।

साथै बालबालिकाको अधिकार, मनोविज्ञान र भविष्यलाई मध्यनजर गरी परीक्षा सञ्चालन, नतिजा प्रकाशन, विद्यार्थी भर्नालगायतका कार्यलाई सहजीकरण गर्न देशभरिका विद्यालय व्यवस्थापन समितिलाई आह्वान गरिएको छ ।

विज्ञप्तिमा समस्याको समाधानमा जिम्मेवार बन्न नेपाल सरकारसमक्ष माग गरिएको छ । शैक्षिक हड्तालबाट झन्डै २८ हजार सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सञ्चालन, नतिजा प्रकाशन र भर्ना प्रक्रिया अवरुद्ध हुँदा परेको असर र अभिभावकमा अन्योलता छाएको प्रति महासङ्घले चिन्ता व्यक्त गरेको छ ।

आन्दोलनकै कारण भोलिदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आउदो २१ गतेदेखि गर्ने गरि परीक्षा १० दिन सारेको हो ।

अन्तिम अपडेट: जेठ ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया