काभ्रेका तीनवटा पालिका पूर्ण खोप सुनिश्चित

 जेठ ३, २०८२ शनिबार १२:४४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काभ्रेका तीन वटा पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा भएका छन् । जिल्लाका १३ वटा पालिकामध्ये नमोबुद्ध नगरपालिका, भुम्लु गाउँपालिका र मण्डनदेउपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा हुने मण्डनदेउपुर तेस्रो भएको छ । त्यसअघि वैशाख १७ गते नमोबुद्धलाई जिल्लाको पहिलो पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको थियो ।

लगत्तै वैशाख अन्तिम हप्ता भुम्लु गाउँपालिका दोस्रो पालिकाकारुपमा पूर्ण खोप सुनिश्चित भएको थियो । राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्ने गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले सबै पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा अभियानमा संलग्न गराउने बताउनुभयो ।   

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया