अशोकको ‘अप्प दीपो भवः’ आयो
जेठ ३१, २०८२ शनिबार
अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा रोक लगाएको छ । युद्धकालमा प्रयोग हुने एलियन एनिमी एक्ट उपयोग गरेर आप्रवासीलाई निर्वासनमा पठाउने ट्रम्प प्रशासनको कदम विधिसंवत नरहेको भन्दै सर्वोच्च अदालतले रोक लगाएको रोयटर्सले जनाएको छ ।
अदालतको यो निर्णय ट्रम्पका लागि ठूलो झट्का रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । ट्रम्प प्रशासनले सन् १७९८ को कानून ब्यूँताएर भेनेजुयली आप्रवासीहरूलाई एल साल्भाडोरको जेल पठाइरहेको छ । अदालतले आप्रवासीहरूबारे थप अनुसन्धान नै नगरी मापदण्डविपरीत जेल पठाउनु गलत हुने बताएको छ ।
सर्वोच्चले ट्रम्प प्रशासनको काममा रोक लगाउँदै मुद्दाको अन्तिम निर्णय गर्न न्यू अर्लिन्समा रहेको फिफ्थ सर्किट कोर्ट अफ अपिल्समा पठाएको छ । अब त्यो अदालतले ट्रम्पको कदम वैधानिक छ वा छैन भन्ने निर्धारण गर्नेछ ।
आदेशपछि राष्ट्रपति ट्रम्पले अदालतको आलोचना गर्नुभएको छ । उहाँले अपराधीहरूलाई देशनिकाला गर्न अदालतले नै अनुमति नदिएको बताउनुभएको छ । ट्रम्प प्रशासनले भेनेजुयलाको आपराधिक समूह ट्रेन दी अरागुआमा आबद्ध भएको भनेर अहिलेसम्म दुई सय ३८ जनालाई एल साल्भाडोरको जेलमा पठाइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।