चन्द्रमामा अन्तरिक्ष यानको टायर पङ्चर हुने समस्याले वैज्ञानिकहरु चिन्तित

 जेठ ३, २०८२ शनिबार १८:४०:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चन्द्रमामा पुनः मानिस पठाउने योजना तिब्र बनिरहँदा वैज्ञानिकहरुले त्यहाँ अवतरण भएका यानको टायर पङ्चर हुने समस्या जटिल हुने बताएका छन् । सन् २०१२ मा अवतरण भएको मानवरहित ’क्युरिओसिटी रोभर’ को टायर पङ्चर भएको घटनाले वैज्ञानिकहरुलाई चिन्तित बनाएको बीबीसीले जनाएको छ ।

त्यो रोभरका अल्युमिनिअमबाट बनेका छ वटा कठोर टायरहरू एक वर्षमै फाट्नुका साथै प्वाल परेको पुष्टि भएपछि चन्द्रमामा लामो यात्रा र धेरै समय टिक्ने टायर कसरी बनाउने भन्ने चिन्ता बढेको छ ।

वैज्ञानिकहरुले चन्द्रमामा अवतरण गरेर त्यहाँबाट मङ्गल ग्रहतर्फको यात्रा तय गर्न सकिने बताइरहेका बेला चन्द्रमामै टाय पङ्चर भएपछि त्यो भन्दा अगाडीको यात्रा निकै पर धकेलिने सम्भावना रहेको फ्रान्सेली टायर निर्माता मिशलिनका प्रमुख कार्यकारी फ्लोरन्ट मेनगलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकाले सन् २०२७ सम्ममा अन्तरिक्ष यात्रीहरूलाई पुनः चन्द्रमामा पुर्‍याउने लक्ष्य लिएको छ । सन् १९६९ देखि १९७२ बीचका छ वटा अवतरणमा रोभरहरुले चन्द्रमाको सतहमा ४० किलोमिटर भन्दा धेरै दूरी पार गर्न सकेका थिएनन् । अमेरिकाले अब पठाउने रोभरलाई १० वर्षमा १० हजार किलोमिटर दूरी पार गराउने लक्ष्य राखेको छ । तर चरम तापक्रम र ब्रह्माण्डीय किरणहरूबाट टायरलाई कसरी बचाउने भन्ने चिन्ता छ ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया