आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई र पन्जाबले राजस्थानलाई हराए

 जेठ ५, २०८२ सोमबार ७:०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १० विकेटले हराएको छ ।

हिजोको खेलमा दिल्लीले दिएको २ सय रनको लक्ष्य गुजरातले १९ ओभरमा कुनै पनि विकेट नगुमाइ पुरा गरेको हो । गुजरातका शुभमन गिलले सर्वाधिक एक सय ८ रन बनाए । साइ सुदर्शनले ९३ रन जोडे ।

त्यसअघि अरूण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । उसका लागि केएल राहुलले एक सय १२ रन बनाए । अभिषेक पोरेलले ३० रन जोडे ।

गुजरातका अर्सद खान, प्रसिद्ध कृष्णा र साइ किशोरले समान १ विकेट लिए। जीतसँगै गुजरात १८ अङकसहित शीर्षस्थानमा उक्लिँदै प्लेअफमा प्रवेश गरेको छ । समान १७ अङक  बनाएका रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) र पन्जाब किङ्ग्स पनि प्ले अफमा पुगेका छन् ।

यसअघि हिजो भएको पहिलो खेलमा पन्जाब किङ्ग्सले राजस्थान रोयल्सलाई १० रनले हराएको छ । पन्जाबले दिएको २ सय २० रनको लक्ष्य पछाएको राजस्थान रोयल्स २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रनमा समेटियो।

राजस्थानका यशस्वी जैसवाले ५० र वैभव सूर्यवंशीले ४० रन बनाए । राजस्थानका  हर्पित ब्रार्रले ३ विकेट लिए। यस्तै अज्मतुल्लाह ओम्रजाइ र मार्को जानसेनले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १९ रन बनाएका थियो । पन्जाबका नेहाल वादेराले ७० रन बनाए । सशांक सिंहल  ५९ रन जोडे ।

राजस्थानका तुसार देशपाण्डेले २ विकेट लिए ।पन्जाब १२ खेलबाट १७ अङ्क बनाएर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिग चरणबाट बाहिरिसकेको राजस्थानको यो दशौं हार हो ।

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया