अशोकको ‘अप्प दीपो भवः’ आयो
जेठ ३१, २०८२ शनिबार
काठमाण्डौ – लेदोसहितको पहिरोका कारण विस्थापित भएका हुम्लाको नाम्खा गाउँपालिका वडा नं. ६ को तिलगाउँका बासिन्दा घर फर्कने तयारी गर्दैछन् ।
गएको बिहीवार र शुक्रवार पहिरो खस्न थालेपछि उनीहरु घर छोडेर नजिकैको विद्यालय र त्रिपालमा बसेका छन् ।
अहिले पहिरो खस्न रोकिएपछि उनीहरु घर फर्कने तयारीमा रहेका वडाध्यक्ष पाल्जोर तामाङले उज्यालोलाई जानकारी दिनुभयो । तर ठूला ढुङ्गा र लेदोसहित पहिरो खसेकाले जोखिम कायमै रहेको उहाँको भनाइ छ ।
१८ वटा घरमा रहेका ३२ जना विस्थापित भएका हुन् । वडाध्यक्ष तामाङका अनुसार हिमताल फुटेर लेदोसहितको पहिरो आएको आएको हो ।
आफूसहित गाउँका पाँच जनाको टोली हिजो दिनभर हिँडेर हिमताल फुटेको ठाउँ पुगेको उहाँले बताउनुभयो ।
तिलगाउँ करिब तीन हजार नौ सय मिटरको उचाइमा छ भने हिमताल फुटेको भन्ने ठाउँ पाँच हजार तीन सय मिटरको उचाइमा पर्छ ।
स्थानीयबासिन्दाले हिमताल फुटेर पहिरो खसेको बताए पनि यसबारे पुष्टि हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले उज्यालोलाई बताउनुभयो ।
लेदोसहितको पहिरोले जलविद्युत आयोजनाको भवन, खानेपानीको पाइप, कुलो र बाटो बगाएको स्थानीयबासिन्दाले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।