अखिल नेपाल महिला सङ्घ (समाजवादी) को अध्यक्षमा मुनु सिग्देल

 जेठ ५, २०८२ सोमबार १०:२७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल

काठमाण्डौ – अखिल नेपाल महिला सङ्घ (समाजवादी)को सातौं राष्ट्रिय सम्मेलनबाट मुनु सिग्देल अध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै सङ्घको महासचिवमा राजेन्द्र लक्ष्मी गैरे सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

सम्मेलनमा सङ्गठन मातहतका प्रदेश, जिल्ला सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार आन्तरिक विवाद समाधान साथै राजनीतिक, साङ्गठनिक, आर्थिक तथा अन्य समसामयिक प्रस्ताव पारित गरिएको छ ।

‘समाजवाद निर्माणको आधार तय गरौँ, सम्पूर्ण क्षेत्रमा समानुपातिक महिला सहभागिता सुनिश्चित गरौँ’ भन्ने नारा तय गरिएको सम्मेलनले केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनका विषयमा रणनीति पारित गरेको छ ।

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया