महिला टी–२० विश्वकप एशिया छनोटमा यूएईले नेपाललाई दियो ११५ रनको लक्ष्य

 जेठ ५, २०८२ सोमबार १०:४४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटअन्तर्गत सुपर–३ को खेलमा यूएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ ।

थाइल्यान्डको बैंककमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले ७ विकेटको क्षतिमा ११४ रन बनायो ।

यूएईका लागि कप्तान तथा ओपनर इशा वजाले सर्वाधिक ३९ रन बनाए । नेपालकी मनिषा उपाध्यायले चार विकेट लिइन् । यसअघि नेपालले समूह ‘सी’ को विजेता बनेको सुपर–३ मा पुगेको थियो ।

सुपर–३ मा समूह ‘ए’ को विजेता आयोजक थाइल्यान्ड र समूह ‘बी’ को विजेता यूएई पुगेका थिए । सुपर–३ मा पुगेका नेपाल, थाइल्यान्ड र यूएईमध्ये दुई टोली विश्व छनोटमा पुग्नेछन् । 

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया