अशोकको ‘अप्प दीपो भवः’ आयो
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – लगातार ६ कारोबार दिन घटेको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ३० अङ्कले बढेर २ हजार ६ सय २८ दशमलव ३६ विन्दुमा पुगेको छ ।
आज होटल बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहको शेयर झन्डै २ प्रतिशतले उकालो लागेको छ । यस्तै बैंक, निर्जीवन बीमा समूहकाे शेयर १ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।
आज सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे ८ अर्बको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका १ करोड ६२ लाख कित्ता शेयर ७ अर्ब ३५ करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।