आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

 जेठ ५, २०८२ सोमबार १८:२८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

यो खेल लखनउको एकाना स्टेडियममा बेलुका पौने ८ बजे शुरू हुनेछ । हैदराबाद प्लेअफ होडबाट बाहिरिइसकेको छ । लखनउले भने बाँकी खेल जित्नुका साथै अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्नेछ ।

लखनउ ११ खेलमा १० अङ्कसहित तालिकाको सातौं स्थानमा छ । हैदराबाद ११ खेलमा ७ अङ्कसहित आठौं स्थानमा छ । आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म ५ पकट भेट भएकोमा लखनउ ४ र हैदराबाद १ खेलमा विजयी भएको छ ।

गुजरात टाइटन्स, पन्जाब किङ्ग्स र राेयल च्यालेन्जर्स बेङ्गलुरु आईपीएलकाे प्लेअफमा पुगिसकेका छन् । यस्तै हैदराबादसहित काेलकाता नाइट राइडर्स, राजस्थान राेयल्स र चेन्नई सुपर किङ्ग्स प्लेअफ हाेडबाट बाहिरिइसकेका छन् ।

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया