इजरायली सेनाले प्यालेस्टिनीहरूलाई खान युनिस शहर खाली गर्न आदेश दियो

 जेठ ५, २०८२ सोमबार १८:२६:२४ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

इजरायली सेनाले प्यालेस्टिनीहरूलाई खान युनिस शहर खाली गर्न आदेश दिएको छ । इजरायली सेनाले खान युनिससहित बानी सुहेला र अबासनमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई तुरुन्तै ती ठाउँ छोड्न भनेको बीबीसीले जनाएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ता अवीचाई आड्राईले यी क्षेत्रमा आतङ्कवादी सङ्गठनहरूको शक्तिलाई नष्ट गर्न अभूतपूर्व आक्रमण शुरू गर्ने सामाजिक सञ्जाल एक्समार्फत बताउनुभएको छ । आईडीएफका प्रवक्ताका अनुसार खान युनिस शहर अब खतरनाक युद्ध क्षेत्र मानिनेछ ।

यसअघि इजरायली सेनाले गाजामा ‘ठूलो स्थल कारबाही’ शुरू गरेको बताएको थियो । साथै इजरायलले १० हप्ताको नाकाबन्दीपछि भोकमरीको सङ्कट नहोस् भन्दै गाजामा आवश्यक मात्रामा खाना पठाउन अनुमति दिने बताएको थियो ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया