यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

 जेठ ५, २०८२ सोमबार १८:८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – कृषि, सहकारी तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले चालू आर्थिक वर्ष सबै बालीहरूको उत्पादन सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजकाे बैठकमा सांसदहरूले सोधेका जिज्ञासाको जवाफ दिँदै कृषिमन्त्री अधिकारीले उत्पादन बढ्ने अनुमान रहेको बताउनुभयो । उहाँका अनुसार सरकारले गएको चैत मसान्तसम्म १५ लाख ६ सय ९२ बेर्ना, बिरुवा बिक्री/वितरण गरेको छ ।

मन्त्री अधिकारीले नेपालमा मूलतः स्याउ, ओखर, मेवा, अङ्गुर, नरिवल, अनारजस्ता फलफूलहरू भारत, चीनलगायतका देशहरूबाट आउने गरेको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षको चैत महिनासम्म ४७ अर्ब ८ करोड रुपैयाँको खाद्यान्न आयात भएको र ६ करोड २० लाख रुपैयाँको निर्यात भएको बताउनुभयो । खाद्यान्न बालीमा व्यापार घाटा ४७ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

साउनदेखि चैतसम्मको नौ महिनामा देशमा ३१ अर्ब ५२ करोडको तरकारी र १८ अर्ब २० करोड रुपैयाँको फलफूल भित्रिएको कृषिमन्त्री अधिकारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया