अशोकको ‘अप्प दीपो भवः’ आयो
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रम ल्याएकाे छ । सरकारले ल्याएकाे नीति तथा कार्यक्रम प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभामा पढेर सुनाउनुभयाे ।
नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, पर्यटन र सिँचाइलाई प्राथमिकतामा राखेकाे छ । कृषिमा बाँझो जमिनको उपयोगदेखि करारखेतीसम्मका कार्यक्रमलाई अघि सारिएकाे छ ।
प्रदेश आयोजना बैंक, प्रदेश गौरवका आयोजना सम्पन्न गर्न प्राथमिकता, अधुरा आयोजना निर्माणलाई प्राथमिकता दिने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै प्रदेश सरकारले स्वदेशी वस्तु एवम् उत्पादनको प्रयोग, उद्यमशीलता, रोजगारीको अवसर, युवा लक्षित कार्यक्रम अघि सारेकाे छ ।
सिँचाइ र कृषिको पारस्परिक सम्बन्धलाई प्रभावकारी बनाई ‘कृषकका गरा : सधैँ हराभरा’ भन्ने अभियानलाई कार्यान्वयनमा लैजान प्रदेशका सबै जिल्लामा कम्तीमा एउटा सिँचाइ र कृषिको एकीकृत योजना कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।