आईपीएल फाइनल अहमदाबादकाे नरेन्द्र माेदी स्टेडियममा हुने : रिपाेर्ट

 जेठ ६, २०८२ मंगलबार १८:१४:२१ | एजेन्सी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनल खेल अहमदाबादमा हुने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आजको बैठकले आईपीएलको फाइनल खेल आउँदो जुन ३ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मा आयोजना हुने निर्णय गरेको क्रिकेटसम्बन्धी जानकारी दिने बेवसाइट क्रिकबजले जनाएको छ ।

यस्तै अहमदाबादमै जुन १ मा दोस्रो क्वालिफायर आयोजना हुनसक्ने खबरमा उल्लेख छ । यसैगरी प्लेअफका पहिलो दुई खेलहरू– मे २९ मा पहिलो क्वालिफायर र मे ३० मा एलिमिनेटर नयाँ चण्डीगढको मुल्लानपुरमा आयोजना हुनसक्छ ।

देशमा वर्षायाम शुरू हुन थालेसँगै बीसीसीआईले माैसमकाे अवस्थालाई ध्यानमा राख्दै यी ठाउँ छनाेट गरेकाे हाे ।

गएको मे २२ मा शुरू भएको १८औं संस्करणको फाइनल खेल पूर्वानिर्धारित तालिकानुसार आउँदो मे २५ मा कोलकाताको इडेन गार्डेन्समा हुनुपर्ने थियो । तर लिग चरणको खेल चल्दै गर्दा भारत र पाकिस्तानबीच तनाव बढेपछि आईपीएल बीचमै स्थगित भएको थियो ।

भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएपछि आईपीएल गएको शनिवारदेखि फेरि शुरू भएको हो ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया