विश्वव्यापी तापक्रम वृद्धि १.५ प्रतिशत डिग्रीमै सीमित राख्दा पनि तटीय क्षेत्र खतरामा

 जेठ ६, २०८२ मंगलबार १८:२२:२२ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

विश्वव्यापी तापक्रम वृद्धिलाई १ दशमलव ५ प्रतिशत डिग्री सेल्सियसमा सीमित गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य पूरा भए पनि तटीय क्षेत्र खतरामा रहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । आउँदा शताब्दीहरूमा विश्वले समुद्री सतहमा धेरै मिटर वा त्योभन्दा बढीको अत्यधिक हानिकारक वृद्धि देख्न सक्ने वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

झन्डै दुई सय वटा देशले पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा राख्ने प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् तर अनुसन्धानकर्ताहरूले यसलाई तटीय जनसङ्ख्याका लागि सुरक्षित मान्न नहुने चेतावनी दिएका छन् ।

अहिले बरफका ढिक्काहरू कसरी परिवर्तन भइरहेका छन् र विगतमा कसरी परिवर्तन भएका थिए भन्नेबारेमा गरिएका अध्ययनहरूको समीक्षा गरेपछि उनीहरूले यो निष्कर्ष निकालेका खबरमा उल्लेख छ । तर वैज्ञानिकहरूले तापक्रम वृद्धिलाई रोक्न सकिने प्रत्येक डिग्रीको अंशले पनि जोखिमहरूलाई धेरै हदसम्म सीमित गर्नेमा जोड दिएका छन् ।

विश्वको वर्तमान अवस्थानुसार मानिसहरूले ठूलो मात्रामा जीवाश्म इन्धन जलाउन शुरू गर्नुभन्दा पहिले सन् १८०० को दशकको अन्त्यतिरको तुलनामा यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम झन्डै ३ डिग्री सेल्सियसले बढ्ने अनुमान छ ।

तर पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा राख्दा पनि ग्रीनल्यान्ड र अन्टार्कटिकामा बरफ निरन्तर पग्लने अनुसन्धानकर्ताहरूले बताएका छन् । तापक्रम परिवर्तनले यति ठूलो बरफको पिण्डमा पूर्ण प्रभाव पार्न शताब्दी लाग्न सक्ने उनीहरूको भनाइ छ ।

सन् २०१५ को पेरिस जलवायु सम्झौताले विश्वका राष्ट्रहरू विश्वव्यापी तापक्रम वृद्धिलाई औद्योगिक कालअघिको स्तरको तुलनामा १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने प्रयास गर्न सहमत भएका थिए । अहिले यही सम्झौता कार्यान्वयनका लागि दवाब झेलिरहेका बेला वैज्ञानिकहरूले यतिले नपुग्ने बताएका हुन् ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया