अशोकको ‘अप्प दीपो भवः’ आयो
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोध्नुभएको हो ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले सोध्नुभएको स्पस्ष्टीकरणमा कर्मचारीका रूपमा पालना गर्नुपर्ने आचरण तथा अनुशासनसमेत पालना नगरेको, सञ्चारमाध्यममा अनधिकृत बोलेको, जनप्रतिनिधिसँग अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिएको आदेश पालना नगरी नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको उल्लेख गरिएको छ ।
स्पष्टीकरणमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिन बाटो छेकी अवरोध गरेको कुरा पनि उल्लेख छ । सात दिनभित्र रीतपूर्वक चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न गुरागाईंले पाण्डेलाई सूचित गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।