गभर्नरका लागि विश्व पौडेलसहित तीन जनाको नाम सिफारिश

 जेठ ६, २०८२ मंगलबार १८:१०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गभर्नर सिफारिश समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा तीन जनाको नाम सिफारिश गरेको छ ।

अर्थ मन्त्रालयमा आज बसेको समितिको बैठकले गभर्नरका लागि पहिलाे नम्बरमा डा. विश्व पौडेलसहित राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिश गरेकाे हाे । गभर्नरको नाम टुङ्गो लगाउन आजै मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ ।

यसअघि सर्वोच्च अदालतले आजै अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुला गरिदिएको थियो । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उहाँलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपीठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।

यस्तै आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बनाउन सहमति जुटेको थियो । त्यसपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिफारिश समितिको बैठक बोलाउनुभएको थियो ।

गभर्नर पद रिक्त रहेको डेढ महिना पुग्न लाग्दा पनि सरकारले नियुक्त गर्न सकेको छैन ।

अन्तिम अपडेट: जेठ २८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया