अशोकको ‘अप्प दीपो भवः’ आयो
जेठ ३१, २०८२ शनिबार
अमेरिकाको सान डिएगोमा आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाे छ । स्थानीय समय अनुसार हिजो बिहिवार बिहान पौने ४ बजे विमान दुर्घटना भएको बीबीसीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या भने यकिन भएको छैन । विमान दुर्घटनामा आठ जना घाइते भएका छन् भने १५ वटा भन्दा धेरै घर तथा गाडीमा क्षति पुगेको छ ।
दुर्घटनाग्रस्त विमानमा प्रख्यात सङ्गीतकर्मी डेभ शापिरो पनि रहेका उहाँको प्रतिभा कम्पनीले जनाएको छ । उहाँको सम ४१, स्टोरी अफ द इयर र पियर्स द भेल जस्ता ब्यान्डहरू प्रख्यात छन् ।
सान डिएगोमा आठदेखि दश जनासम्म अटाउने सानो विमान दुर्घटना भएको त्यहाँको दमकल सेवाका सहायक प्रमुख ड्यान एडीले बताउनुभयो । घटनाबारे अनुसन्धान भइहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।